site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब अनलाइन न्युजको अनुगमन पनि गृहले नै गर्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सामाजिक सञ्जालसहित अनलाइन न्युज पोर्टलको पनि नियमन गर्न निर्देशन दिएको छ । जसलाई लिएर गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २१ बुँदे निर्देशनमार्फत जिल्ला प्रशासन कार्यालयमा अधिकृत तहको कर्मचारीको नेतृत्वमा डेस्क नै राखेर अनलाइन न्युजदेखि समाजिक सञ्जालको नियमन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले बुधबार मन्त्रीस्तरीय निर्णयबाट 'सरकारप्रति नागरिकको भरोसा अभिवृ‌द्धि गर्न' भनेर यो निर्णय हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशनमा न्युज पोर्टल र समाजिक सञ्जालमा आउने व्यक्तिको मानमर्दन हुने खालका सामग्री रोक्न भनिएको छ । 

"अनलाइन न्युज पोर्टल, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, आधारहीन, भ्रामक सन्देश प्रचारप्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लीलता प्रवर्धन गर्ने जस्ता कार्यहरू नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृतस्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने," निर्देशनमा भनिएको छ ।

Global Ime bank

सञ्चारमाध्यमको नियमन गर्ने अधिकार पाएको प्रेस काउन्सिल नेपालले भने गृह मन्त्रालयको निर्देशनमा 'आपत्ति' जनाएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिलबाहेक अरू कुनै पनि निकायलाई सञ्चारमाध्यमको विषयवस्तुमा प्रवेश गर्ने अधिकार नभएको बताए । 

"गृहमन्त्रालयले समाचारको विषयवस्तुको छानबिन गर्न भनेर निर्देशन दिन मिल्दैन । चिप्लिएर परेको हो भने सच्याउन अनुरोध गर्दछु । होइन भने कुनै पनि कानुनले सञ्चारमाध्यमको विषयवस्तुमा प्रवेश गरेर सही हो कि गलत हो भनेर छुट्याउने निकाय चाहिँ प्रेस काउन्सिलबाहेक अर्को निकाय छैन । त्यसो नभए बदरयोग्य हुनेछ, " उनले भने ।

पत्रकाहरूको छाता संगठन नेपाल पत्रकार महासंघले पनि गृहको निर्देशनमा आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमै डेस्क स्थापना गरेर सञ्चार माध्यमसमेतलाई निगरानीमा राख्ने प्रावधान संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको महासंघको ठहर छ ।

"सञ्चारमाध्यममा आएका सामग्रीको नियमन गर्ने दायित्व प्रेस काउन्सिल नेपालको रहेको र काउन्सिलले त्यस्तो अभ्यास गरिरहेको अवस्थामा प्रशासनिक निकायलाई कारबाहीसम्मको अधिकार दिनु पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको ठाडो उल्लंघन हो," महासंघले भनेको छ ।

महासंघले गृह मन्त्रालयको निर्देशन तत्काल फिर्ता लिएर पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई प्रत्याभूत गर्न पनि भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC