site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बलात्कार मुद्दामा ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई ससर्त जमानत 

काठमाडौं । स्पेनिस अदालतले चर्चित ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई एक मिलियन युरो धरौटीमा जमानत दिएको छ । एक महिलामाथि बलात्कार गरेको मुद्दामा जेल सजायको एक चौथाई भुक्तान गरेपछि ससर्त रिहा गर्न सकिने फैसला गरेको हो । 

अदालतको सर्तअनुसार आल्भेसले आफ्नो राहदानी समेत बुझाउनु पर्नेछ । ४० वर्षीय आल्भेसलाई फेब्रुअरीमा स्पेनको अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै चार वर्षको कैद तोकेको थियो । सन् २०२२ मा स्पेनको एक नाइट क्लबमा बलात्कार गरेको भन्दै एक महिलाले आल्भेसविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।

Dabur Nepal
NIC Asia

यसै आरोपमा पक्राउ परेका आल्भेस २०२३ को जनवरीयता प्रहरी हिरासतमा थिए । आल्भेसले यसअघि जमानतको अपिल गरे पनि स्पेन छोड्न सक्ने उच्च सम्भावना देखाउँदै अदालतले उनको अपिल खारेज गर्दै आएको थियो । हाल जमानत पाए पनि पासपोर्ट बुझाउनुपर्ने र स्पेन छोड्न नपाउने अदालतको सर्त छ । अदालतले चार वर्षको सजाय तोके पनि आल्भेस र जाहेरीकर्ता दुवैले उपल्लो स्तरमा अपिल गरेका छन् । आल्भेसले आफू निर्दोष रहेको अपिल गरेका छन् । 

जाहेरीकर्ताले भने आल्भेसलाई नौ वर्षको कैद सजाय हुनुपर्ने मागसहित अपिल गरेका छन् । वार्सिलोनाको उच्च अदालतमा हालसम्म आल्भेस मुद्दाको मिति तय भइसकेको छैन । स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका आल्भेस विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्येका एक हुन् । उनले बार्सिलोनाबाट २४७ खेल खेलेका छन् । यस्तै, सन् २००६ मा ब्राजिलबाट ‘डेब्यु’ गरेका आल्भेसले सन् २०२२ सम्म १२६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro