site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यसकारण बढ्दै छ सुनको मूल्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्दै गएको छ । एक वर्षअघि एक लाख चार हजारको हाराहारीमा पाइने सुन अहिले एक लाख २८ हजारनजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको फागुनमा छापावाल सुन प्रतितोला एक लाख चार हजारको आसपासमा पाइन्थ्यो । तर, त्यसपछिका दिनहरूमा सुनको भाउ बढ्दै गएको छ । एक वर्षपछि सुन प्रतितोला २५ हजारको हाराहारीमा बढेको देखिन्छ ।

बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । बुधबार एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एकै दिन दुई हजार ६०० रुपैयाँ बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो । आजको सुनको मूल्य इतिहासमै उच्च हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा मात्र हैन विश्व बजारमा नै सुनको मूल्य लगातार बढ्दै गएको छ । विश्वको सुनको मूल्य राख्ने ‘गोल्डप्राइजडटओआरजी’का अनुसार बिहीबार नेपाली समयअनुसार दिउँसो १ बजेसम्म सुनको मूल्य ४.११ अमेरिकी डलर बढेर २२०७.७६ मा कारोबार भइरहेको छ । बुधबार ४६.६५ डलरसम्म बढेर २२०३.६८ मा कारोबार भएको थियो । विश्व बजारमा सुनको मूल्य बढ्दै गएकाले त्यसको असर नेपाली बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार विश्वको भूराजनीतिले गर्दा सुनको मूल्य विश्वभरि नै बढ्दै गएको छ । त्यसका साथै आर्थिक युद्धका रूपमा चीन र अमेरिकालाई पनि सुनको भाउ बढ्नुमा मुख्य कारणका रूपमा दिइएको छ । 

Global Ime bank

“भूराजनीतिक रूपमा हेर्दा रूस र युक्रेनको युद्धमा आणविक हतियार अधिक प्रयोग हुने देखिएको छ । त्यसले विश्वको भूराजनीतिमा धेरै ठूलो परिवर्तन गर्न सक्छ,” शाक्यले बाह्रखरीसित भने, “आर्थिक कुरामा अमेरिका र चीनको युद्ध छ, यसका साथसाथै अन्तर्राष्ट्रिय व्यापारमा डलरको डिपेन्डेन्सी छ । त्यसलाई क्रमश: कम गर्दै लैजादे क्रमचाहिँ सुरु भएको छ । विभिन्न रिजर्भ बैंकबाट आफ्नो नोटहरू निष्कासन गर्ने क्रममा डलरलगायत बन्डलाई राखेर निष्कासन गर्ने परिपाटी थियो । त्यसलाई कम गरेर त्यसको ठाउँमा सुन राखेर क्रमश: त्यस्ता नोटहरू निष्कासन गर्न सुरु भएको छ ।”

बैकहरूमा स्टक बढ्दै जाँदा पनि संसारभरि नै सुनको माग बढेर गएको शाक्य बताउँछन् । २०२४ सम्मको डिसेम्बरसम्ममा सुनको मूल्य तीन हजार डलरसम्म पुग्ने उनको आकलन छ । यसरी सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा प्रत्यक्ष असर गर्ने पनि उनी बताउँछन् ।

“तीन हजार डलर सुनको मूल्य पुग्न सक्छ भन्ने आकलनचाहिँ विभिन्न आर्थिक विश्लेषकहरूले गरिरहेका छन्,” उनले भने, “नेपालमा पनि अझै बढी मूल्य बढ्ने सम्भावना छ । यसले गर्दा नेपाली बजारमा असर गर्छ, किनभने बढेको भाउअनुसारले हामी नेपालीको खरिद गर्ने क्षमता बढेको छैन । हाम्रो आय बढेको भाउमा सुन किन्ने क्षमता छैन ।”

यसरी सुनको मूल्य बढ्दै गयो भने नेपाली बजारमा नकारात्मक प्रभाव पर्ने पनि शाक्य बताउँछन् । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि उकालो लागिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !