site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
'म्याच रिपोर्ट'मा रंगभेदी व्यवहारबारे उल्लेख नगरेको भन्दै रेफ्रीविरुद्ध रियाल मड्रिडको उजुरी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्याच रिपोर्टमा रंगभेदी व्यवहार उल्लेख नगरेको भन्दै स्पेनिस क्लब रियाल मड्रिडले रेफ्रीविरुद्ध उजुरी दर्ता गराएको छ । 

शनिबार ओसासुनाविरुद्ध जित निकाल्दा क्लबका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी व्यवहार भएको रियालको दाबी छ । तर, रेफ्रीले म्याच रिपोर्टमा यसबारे उल्लेख नगरेको भन्दै रियालले उक्त खेलका हुआन मार्टिनेज मुनुइराविरुद्ध उजुरी दर्ता गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

क्लबका अनुसार मुनुइराले रिपोर्टमा भिनिसियसमाथि भएको ‘अपमान र उत्तेजक शब्द’ र ‘जानाजान’ गरेको भन्ने छुटाएको भन्दै उजुरी गरेको छ । 

रियालले उजुरीमा रंगभेदी व्यवहार उन्मुलनका निम्ति ‘आवश्यक कदम चाल्नुपर्ने’ जनाएको छ । यसका लागि रियालले स्पेनिस फुटबल फेडेरेसनअन्तर्गत रेफ्रीहरूको प्राविधिक समितिमा उजुरी गरेको हो । “रेफ्रीले स्वच्छिक र जानाजानी हाम्रा खेलाडी भिनिसियस जुनियरतर्फ बारम्बार निर्देशित भएका अपमान र उत्तेजित शब्दलाई हाम्रा खेलाडीहरूले जोडदार रूपमा औंल्याए पनि बेवास्ता गरे । क्लब यस्तो व्यवहारको फेरि पनि निन्दा गर्छ । र, यसबारे आवश्यक कदम चाल्नुपर्ने माग राख्दछ,” रियालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

ओसासुनाविरुद्ध ४–२ को जित निकाल्दा रियालबाट भिनिसियसले दुई गोल गरेका थिए । यता, ओसासुनाले भने क्लबका केही समर्थकले रियालका खेलाडीलाई गिज्याए पनि रंगभेदी व्यवहार भने नभएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement