site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सरकारले खेलका आधुनिक पूर्वाधार निमार्ण गर्ने, क्रिकेट प्राथमिकतामा !

काठमाडौं । सत्ता गठबन्धनले खेलकुद विकासको गुरुयोजनाहित विभिन्न खेलका आधुनिक पूर्वाधार निमार्ण गर्ने जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले खेलकुद विकासको गुरुयोजनाहित क्रिकेटसहित खेलका लागि आधुनिक पूर्वाधार निमार्ण गरिने बताए ।

Dabur Nepal
NIC Asia

न्यूनतम साझा कार्यक्रममा युवा तथा खेलकुदमा युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्त्वपूर्ण साझेदार र संवाहकको रूपमा अघि बढाइने उल्लेख छ ।

सत्ता गठबन्धनले क्रिकेटलाई विशेष जोड दिएको देखिन्छ । न्यूनतम साझा कार्यक्रममा अरू खेलको नाम समावेश छैन । तर, क्रिकेटलाई प्राथमिकता दिइएको छ ।

“युवाहरूलाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्त्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गर्ने । युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र संवाहकका रूपमा विकास गर्ने । युवापङ्क्तिलाई राष्ट्रिय जीवनका सबै आयाममा परिचालन गर्ने । खेलकुद विकासका गुरुयोजनासहित क्रिकेटलगायतका खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने, खेलाडीहरूको सम्मान र वृत्ति विकासका कार्यक्रमहरू ल्याउने,” न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro