site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न : भन्सार विधेयक राजस्व उठाउन हो कि लुट्नका लागि ? 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा भन्सार विधेयक २०८० माथि सैद्धान्तिक छलफल भएको छ । मंगलबार बसेको सभाको बैठकमा सांसदहरूले विधेयकमाथिको सैद्धान्तिक पक्षमा छलफल गरेका हुन् । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा बोल्दै सांसद प्रदीप यादवले तस्करीको काजु अर्थमन्त्रीले खाइरहेको बताए । उनले भन्सार हुकुमी शैलीमा चलेको भन्दै स्वदेशी उत्पादन प्रोत्साहन हुनुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

सैद्धान्तिक छलफलमा भाग लिएका सांसद प्रभु शाहले विधेयक भन्सार (राजस्व) उठाउन हो कि लुट्नका लागि भन्दै प्रश्न गरे । उनले विधेयकमा रहेको कथित पुरस्कार वितरणको व्यवस्था खारेज गर्न माग गरे । विधेयकमा पर्याप्त संशोधन आवश्यक भएको उल्लेख गरे । 

सांसद गोकुलप्रसाद बाँस्कोटाले विधेयक ढिला गरी आएको बताए । पारदर्शीतामा नेपाल फितलो भएको भन्दै उनले वैदेशिक स्रोत परिचालनमा समेत समस्या परेको जिकिर गरे । राजस्व किन कम उठेको भन्दै उनले राजस्व नाकामा पारदर्शीता नभएको, तोकिएका बस्तुको मूल्य फरक भएको लगायत विषय र यसमा जवाफदेहिता ल्याउने गरी विधेयक अघि बढ्नुपर्ने धारणा उनको थियो । 

सांसद नागिना यादवले सीमावर्ती इलाका वा भन्सारमा कुन निकायले चेकजाँच गर्ने भन्दै प्रश्न गरिन् । उनले यस्ता विषयमा विधेयक नबोलेको उनले बताइन् । भन्सारको एक किलो वारी–पारीसम्म सीसीटीभीको व्यवस्था गर्ने, छोटी भन्सार थप्ने र समातिएको सामान जिल्लामा बुझाउने भन्दा छोटी भन्सारमै बुझाउनुपर्ने बताइन् । 

उनले १०० रूपैयाँ बढीको सामानमा कर लिने विषय व्यवहारिक नभएको उल्लेख गरिन् । विधेयकको सैद्धान्तिक पक्षमा बोल्दै सांसद अमरेशकुमार सिंहले भन्सार भएको ठाउँमा राजस्व किन नउठेको, भन्सार कसरी व्यवस्थित गर्ने भन्ने छलफल नभएको जिकिर गरे । भन्सारको ऐन कानुन नै माफियाबाट प्रभावित हुने उनको भनाइ छ । उनले राति १२ बजेदेखि ४ बजेसम्म भन्सारमा माफिया राज चल्ने र यसमा सबैको मिलेमत्तो हुने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro