site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालबाट सबैभन्दा धेरै झन्डै सात अर्बको कपडा र पाँच अर्बको अलैँची निर्यात
अलैँची । फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा नेपालबाट एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ । यो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात गरिएको वस्तुको पहिलो नम्बरमा कार्पेट, उनलगायत अरू कपडा छन् ।

भन्सार विभागको तथ्यांकानुसार, फागुन मसान्तसम्म नेपालबाट ६ अर्ब ९२ करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको कपडाजन्य वस्तु निर्यात गरिएको छ । यसको परिमाण दुई लाख ७६ हनार ९३७ वर्गमिटर छ ।

दोस्रो नम्बरमा पाँच अर्ब १७ करोड ४५ लाख ७० हजार रुपैयाँबराबरको ३५ लाख ४५ हजार ४८० किलोग्राम अलैँची निर्यात गरिएको छ ।

यस्तै, तेस्रो नम्बरमा रोल्ड आइरन र स्टिललगायत वस्तु नेपालबाट आठ महिनामा तीन करोड ७७ लाख ८५ हजार ४१५ किलोग्राम निर्यात गरिएको छ । यसको मूल्य चार अर्ब ८३ करोड पाँच लाख ६२ हजार रुपैयाँ छ ।

नेपालबाट चार अर्ब सात करोड रुपैयाँबराबरको नौ करोड २४ लाख २३ हजार ९९९ लिटर पाम तेल निर्यात गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro