site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चन्द्र भण्डारीलाई प्रधानमन्त्रीको जवाफ : देशमा सुशासनका नयाँ मानक स्थापित हुँदैछन्  
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनका नयाँ मानक स्थापित हुँदै गरेको बताएका छन् । नयाँ नेपाल निर्माणको नारामा धेरै नेपालीले सहादत प्राप्त गरेको र सयौँ अंगभंग भएको भन्दै धेरै जनताले आश गरेको प्रधानमन्त्रीको नेतृत्वमा देशको अवस्था किन सुधार भएन भन्दै प्रश्न राखेका थिए । 

“देशमा आमुल परिवर्तन गरी नयाँ नेपाल बनाउने अभियानमा धेरै मानिसले ज्यान गुमाए धेरै मानिसहरू अंगभंग भए । यसकै आधारमा हामीले संविधान बनायाँै, त्यो द्वन्द्व व्यवस्थापन विश्वकै लागि उदाहरण बनेको छ,” भण्डारीले भने, “तर, तपाईंकै नेतृत्वमा सरकार हुँदा, सुशासनका समस्या छ । गरिबी अझ बढेको छ, जनता निराश छन् । यस्तो किन भइरहेको छ ?” 

Prabhu Bank
Agni Group
NIC Asia

भण्डारीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले देशमा सुधारका काम भइरहेको बताए । “विश्वासको मत लिने क्रममा समेत यसबारेमा आफ्ना धारणा राखिसकेको छु । मेरो सरकारको प्राथमिकता नै सामाजिक न्यायसहितको सुशासन हो,” प्रधानमन्त्री प्रचण्डले भने, “हालसम्मका उपलब्धिको रक्षाबाट मात्र संविधानले परिकल्पना गरेका लक्ष्य हासिल हुन्छन् । परम्परागत शैलीबाट काम गरेर लक्ष्य हासिल हुँदैन भन्नेमा प्रष्ट छु ।”

उनले त्यहीकारण सुशासनका मानक स्थापित हुँदै गरेको बताए । “देशमा सुशासनका नयाँ मानकहरू स्थापित हुँदैछन्,” प्रधनमन्त्री प्रचण्डले भने ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC