site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसले भन्यो– टालटुले जवाफले हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । लामिछानेले जीवी राईसँग मिलेर पोखराको सूर्यदर्शन सहकारीसहित देशका विभिन्न ठाउँमा सहकारी बचतकर्ताको रकम हिनामिना गरेको कांग्रेसले आरोप लगाएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै कांग्रेस सांसद दिपक गिरीले लामिछाने सहकारी प्रकरणको दोषी भएकाले राजीनामाभन्दा अर्को विकल्प हुनै नसक्ने बताए । उनले टालटुले जवाफले नहुने भन्दै कुनै पनि हालतमा राजीनामा चाहिने जिकिर गरे । सांसद गिरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको छोरा पक्राउ पर्दा लामिछाने कसरी जोगिए भन्दै प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले सहकारी ठगेर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको ग्यालेक्सी टीभी खोलिएको आरोप लगाए । लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अघिल्लो सरकार हुँदा नेपाल प्रहरीले अनुसन्धान बढाएको र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत छानबिन गर्न अनुमति दिएको भन्दै गिरीले भने, “आफैँले आफैलाई कारबाही गरेको नजिर छैन । मुद्दालाई प्रभावित गरेर अघि बढ्नु काुननी राज्यमा सुहाउँदो हुँदैन र हैन पनि ।” 

यो बेथितिमा अरबौँ हिनामिना भएको भन्दै उनले प्रधानमन्त्रीले उनै लामिछानेलाई किन गृहमन्त्री बनाएको भन्दै प्रश्न गरे । उनले प्रतिपक्षीले जवाफ माग्दा पनि प्रधानमन्त्रीले नदिएको भन्दै आक्रोश पोख्दै भने, “बाहिर फायर साइडमा जवाफ दिएर पुग्दैन यहाँ आएर कुरा राख्नुहोस् भन्दा अपहेलना गरेको कि के गरेको ?”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC