site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीका महासचिव भन्छन्– मुलुकमा अझै वैदेशिक हस्तक्षेप सकिएको छैन
फाइल तस्बिर ।

मुग्लिन (चितवन) । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै वैदेशिक हस्तक्षेप समाप्त नभएको बताएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक महासंघको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले सबैको त्याग र बलिदानपछि सामन्तवादको अन्त्य भए पनि देशमा अझै  वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताए ।

Dabur Nepal
NIC Asia

महासचिव गुरुङले भने, “मुलुकमा १० वर्षे जनयुद्धपछि जुन परिवर्तन भएको छ । सबैको त्याग र बलिदानका कारण भएको हो, सहिदहरूले लिएको सपना, सहिदहरूले लिएको उद्देश्य सामन्तवादलाई विस्थापित गर्नु मात्र होइन,  वैदेशिक उत्पीडनलाई पनि विस्थापित गर्नु र जनताको बास, गाँस र कपासको ‘ग्यारेन्टी’ गर्नु हो, जसका लागि समाजवादी क्रान्ति आवश्यक छ, एउटै मात्र उद्देश्य पूरा भएको छ सामन्तवादको नेतृत्व गरेको राजतन्त्र विस्थापित भएको छ । तर वैदेशिक हस्तक्षेप विस्थापित भएको छैन ।”

देशमा अझै बहुराष्ट्रिय कम्पनीको प्रभुत्व कायम रहेको र देश आत्मनिर्भरताको दिशातर्फ जान नसकेको उनको भनाइ छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro