site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेताहरू रिहाइ नगरेसम्म आन्दोलन गर्ने राप्रपाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १५ गते काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रबार तीनकुने घटनामा एकपक्षीय ढंगले व्याख्या गर्ने काम भएको भन्दै घटनाको राप्रपाले निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो ।

राप्रपा नेता रवीन्द्र मिश्र र डा. धवलशमशेर राणा लगायतमाथि झुटा मुद्दा लगाइएको भन्दै खारेज गर्नुपर्ने राप्रपाको माग छ । त्यस्तै, राप्रपाले राज्य आतंक बन्द गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्ने जनाएको छ ।

प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेता पशुपतिशमशेर राणाले बहुदलीय प्रजातन्त्रभित्र फरक मत राख्न पाउने अधिकार सबैको रहेको भन्दै फरक मत राखेकै आधारमा नेतालाई पक्राउ गर्नु उचित नभएको धारणा राखे । 

उनले चैत्र १५ गते राज्यबाट दमन भएको भन्दै भर्त्सना गरे । आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरेसम्म निरन्तर आन्दोलन गर्ने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro