
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको समग्र सुधारबाट मात्र भोकमरीको अन्त्य गर्न सकिने बताएका छन् ।
ललितपुरमा शुक्रबार विश्व भोकमरी सूचकांक प्रतिवेदन–२०२४ सार्वजनिक गर्दै मन्त्री अधिकारीले नेपालले भोकमरी र कुपोषण न्यूनीकरणको दीर्घकालीन लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।
अझै दुर्गम भेगमा खाद्य अभाव, बाल कुपोषण, पोषण शिक्षाको अभाव, कृषि प्रणालीको असमानतालगायत चुनौतीका रूपमा रहेको उल्लेख गरे ।
कृषि उत्पादन प्रणालीलाई दिगो र पर्यावरणमैत्री बनाउन पर्यावरणीय कृषि प्रवर्धनको मार्गचित्र आवश्यक भएकाले यसतर्फ मन्त्रालयले कार्य गरेको पनि मन्त्री अधिकारीले बताए ।
नेपाललाई भोकमरी र कुपोषणमुक्त राष्ट्र बनाउन सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज संस्था, तथा स्थानीय समुदायहरूबीच बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेको र यसले सबै नागरिकमा खाद्य पहुँच सुनिश्चित गर्ने पनि मन्त्री अधिकारीले उल्लेख गरे ।
सार्वजनिक प्रतिवेदनले नेपालको भोकमरी सूचकांक १४.७ मा झरेको देखाएको छ । सन् २००० मा नेपालको सूचकांक ३७.१ मा रहेको थियो । तथ्यांकले नेपालको अवस्थामा मध्यम श्रेणीको सुधार देखिएको छ ।
दश वर्षका लागि गरिएको उक्त सम्झौता संशोधन, विस्तार तथा परिवर्तन गर्नुपरेमा दुवै मन्त्रालयको लिखित सहमति आवश्यक पर्नेछ ।