site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चित्रबहादुर केसीले भने– म आफैँ आन्दोलनमा छु
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजनिम्ति आफू आन्दोलनमै रहेको बताएका छन् । शुक्रबार (चैत २२) सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले संविधान निर्माणका बेलादेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन् ।

प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनले जिकिर गरे । उनले यही चैत १५ गते तीनकुनेको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताए ।

“अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ नि,” उनले भने, “त्यो मतभेद त जनतामा त्यस किसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो ।”

संविधानप्रतिका असहमतिलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको उनले उल्लेख गरे । उनले आन्दोलन, प्रदर्शनका नाममा प्रणाली सिध्याउने चलखेल भइरहेको बताए । शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्नेमा उनले जोड दिए ।

“त्यसको बहानामा प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ,” उनले भने, “अब म आफैँ पनि आन्दोलनमा छु । मैले सरकारलाई भनिराखेको छु– प्रदेश हुनु हुन्न ।”

उनले तीनकुने घटनाले लोकतन्त्र र गणतन्त्र सुरक्षित नरहेको संकेत गरेको टिप्पणी गरे । सबैले चनाखो हुनुपर्ने उनले औँल्याए । “गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो, यो राम्रो भएन,” उनले भने ।

बैठकमा बोल्ने अधिकांश सांसदले व्यवस्थाविरुद्ध आन्दोलन र प्रदर्शन गर्नेप्रति सरकार चिन्तित र गम्भीर हुन आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro