अर्थ व्यवसाय
काठमाडौं । ओमोडा नेपालले ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको कम्पनीले जनाएको छ ।
मनोरञ्जन र अन्तरक्रियाका लागि उत्सुक ओमोडा ग्राहकहरूका निम्ति कार्यक्रमको आयोजना गरीएको थियो ।
रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । अन्तर्क्रियात्मक खेलहरू बास्केट बल, फुसबल र भीआर अनुभवले प्रतिस्पर्धा र उत्साह थपेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्