खेल
काठमाडौं । माइक्रोसफ्टको स्वामित्वमा रहेको सामाजिक प्लेटफर्म लिंक्डइनले अब गेमिङ सुविधा ल्याउने भएको छ । खासगरी ‘प्रोफेसनल’बीच नेटवर्किङ उद्देश्यको सामाजिक सञ्जाल लिंक्डइनका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् ।
कम्पनीले आफ्नो प्लेटफर्ममा प्रयोगकर्तालाई लामो समयसम्म आबद्ध गराउन सामान्य तर धेरैले रुचाउने किसिमका खेल राख्ने जनाएको छ ।
‘क्विन्स’, ‘इन्फरन्स’ र ‘क्रसक्लिम्ब’ भनिने तीन खेल सुरुआती चरणमा थपिने टेकक्रन्चले उल्लेख गरेको छ ।
लिंक्डइनका प्रवक्ताले कम्पनीले गेमिङमा काम गरिरहेको तर कहिले सार्वजनिक हुन्छ भन्ने मिति तय नभएको बताए । यी खेल एपभित्रै खेल्न मिल्नेछ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १०:२९
प्रतिक्रिया दिनुहोस्