site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आइतबार बैठक स्थगन भएको हो । 

६० वर्षीय अन्सारीको उपचारका क्रममा आइतबार बिहान निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा)ले संसद्लाई उपलब्ध गराएको जानकारीअनुसार अन्सारीको निधन हृदयघातका कारण मीनभवनस्थित सिभिल अस्पतालमा आज बिहान सात बजेर ५५ मिनेटमा भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा उनी सांसद बनेकी थिइन् ।

आजको संसद् बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो ।

Global Ime bank

यस्तै, आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफललाई अघि बढाउने सम्भावित कार्यसूची रहेको थियो । तर, उक्त विषय कार्यसूचीबाट हटाइएको छ । 

जसपाका तर्फबाट समानुपातिक सांसद बनेकी अन्सारीको निधनपश्चात शोक प्रस्ताव पारित गर्दै बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगन भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement