site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

ग१ख ८५२४ नम्बरको बस आइतबार बिहान करिब २ः४० बजे बाटोछेउमा रोकिराखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडि भागमा ठोक्किएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

दुर्घटनामा भारतको मोतिहारीका ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । गम्भीर घाइते भएका बसका यात्री उनलाई उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको गौरबाट कास्कीको पोखरातर्फ जाँदै गरेको सो बस नारायणगढ–मुग्लिङ सडकखण्डमा दुर्घटना भएको हो । बसको चक्का पन्चर भई ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा घाइते चारजनाको उपचार भइरहेको छ । घाइते हुनेमा ट्रकका चालक पर्साको वीरगन्ज महानगरपालिकाका ३३ वर्षीय हाकिम मियाँ, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाका २५ वर्षीय पूजा गुप्ता र दुई भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro