site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलाई शत्रु घोषणा गर्नु उचित हुँदैन : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरी साझा कार्यक्रम तयार गरिएको बताएका छन् ।

शनिबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले सत्ता गठबन्धनको कार्यदलले शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने, विभिन्न स्रोत–साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने विषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख रहेको उनले जानकारी दिए ।

अध्यक्ष नेपालले अहिले पदका निम्ति नभई मुलुकको समृद्धिका लागि सत्तासमीकरण परिवर्तन भएको जिकिर गरे ।

Global Ime bank

संविधान र मुलुकका विभिन्न उपलब्धिलाई समाप्त पार्ने काम भइरहेको भन्दै उनले एकताबद्ध भएर यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाका निम्ति भूमिका खेल्न सक्ने नेपाली कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने विषय कुनै हालतमा उचित नहुने बताए ।

आउँदो जेठ ३ देखि ७ गतेसम्म पार्टीको १०औँ महाधिवेशन गर्ने तयारी रहेको भन्दै उनले त्यसका सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणका निम्ति देशव्यापी अभियानमा जुटेको उल्लेख गरे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement