site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लघुवित्तलाई सेवामुखी बनाउन नीतिगत व्यवस्थाका लागि राष्ट्र बैंकलाई आग्रह गरिने

काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई सेवामुखी बनाउन नीतिगत व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने सहमति भएको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका प्रतिनिधिहरूबीच यस्तो सहमति भएको हो ।

Dabur Nepal
NIC Asia

लघुवित्त वित्तीय संस्थाहरू कम्पनी कानुनबमोजिम दर्ता भई सञ्चालन भएकाले सेवामुखीभन्दा नाफामुखी संस्थाको रूपमा विकास भएको र तिनीहरूलाई सेवामुखी बनाउनुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको थियो ।

सोहीअनुसार यस्ता संस्थालाई थप सेवामुखी संस्थाको रूपमा सञ्चालन गर्न के कस्तो नीतिगत एवं कानुनी व्यवस्था गर्न आवश्यक छ भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरू तथा अन्तर्राष्ट्रिय कानुनसमेतको अध्ययन गरी उचित नीतिगत तथा कानुनी व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने सहमति भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro