site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीयको घेराउमा परेपछि झोला फालेर भागेका थिए लुटेरा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर पैसा लुट्ने समूह प्रहरी नियन्त्रणमा आएको छ । भारतबाट आएको एक समूहले शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्स्फरका सञ्चालक नितेश साहलाई कन्चटमा गोली हानेर पैसा लुटेको थियो ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार पैसा लुटेर भाग्ने क्रममा स्थानीयको घेराउमा परेपछि उनीहरू पैसाको झोला फालेर भागेका थिए । पैसा कति लुटिएको थियो र कति फिर्ता भयो भन्नेबारे यकिन भइसकेको उनले बताए ।

KFC Island Ad
NIC Asia

प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह भारतको बिहारस्थित मोतिहारीको पूर्वी चम्पारणबाट आएको हो । समूहमा मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।

उनीहरूलाई मोटर साइकलमा भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट घिउरा नाकामा खटिएको सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान मोटरसाइकल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका मनी ट्रान्स्फरका सञ्चालक २६ वर्षीय साहको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro