site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठक १५ मिनेटका निम्ति स्थगित 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार १५ मिनेटका निम्ति स्थगन गरिएको छ । शून्य र विशेष समय चलेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सदन अवरोध गरिएको हो ।

सहकारीकाण्डमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै कांग्रेस सांसदले बैठक अवरुद्ध गरे । “उहाँ (गृहमन्त्री रवि लामिछाने) पीडक हो हैन, त्यो थाहा छैन । तर, आरोप लागेपछि यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,” कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, “जवाफ नआएसम्म सदन चल्दैन । सभामुखले रुलिङ गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्न खोजेपछि कांग्रेस सांसदले विरोध गरेका थिए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्ष उभिएका बेला सदन अवरुद्ध मानिने बताए । प्रतिपक्षी उभिएपछि भाषण गर्न नपाइने उनले उल्लेख गरे । उनले ‘प्रधानमन्त्रीले जवाफ नदिएर वेल घेर्न उक्साएको हो ?’ भनी प्रश्न गरे ।

कांग्रेस सांसदले यो विषयमा प्रधानमन्त्री प्रचण्डले रोस्ट्रममा उभिएर जवाफ दिन माग गरेका छन् । त्यसपछि सहमति गर्न भन्दै सभामुख देवराज घिमिरेले १५ मिनेट बैठक स्थगन गरेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement