site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु
फाइल तस्बिर ।

गाजा । इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा आक्रमण भएको थियो ।

उक्त घटनामा १५० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनीहरूको एउटा समूह सहयोग प्राप्त गर्न भेला भएको स्थानमा हेलिकोप्टरबाट मेसिन गनद्वारा आक्रमण भएको स्थानीयले बताएका छन् । 

घटनास्थलको अवस्था चुनौतीपूर्ण भए पनि मृतकलाई उद्धार गर्ने र घाइतेलाई निकाल्ने प्रयास जारी रहेको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेका कारण मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

इजरायली प्रतिरक्षा बल (आईडीएफ)ले शुक्रबार दक्षिणी गाजामा प्यालेस्टिनीहरूलाई लक्षित गरी आफ्नो सेनाले सशस्त्र कारबाही गरेको भन्ने समाचारको खण्डन गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro