site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड– पोखरामा साइकल र्‍याली 

काठमाडौं । पोखरालाई पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा बाह्रखरी मिडियाले पोखरामा साइकल र्‍याली आयोजना गरेको छ ।

बिहीबार कहरेबाट सुरु भएको र्‍याली हल्लनचोक, सहिद चोक, सभागृह चोक, चिप्लेढुंगा चोक, महेन्द्र पुल, रानी पौवा, चौथे चोक र मजेरी पाटन हुँदै हिमालयन गल्फ कोर्समा सम्पन्न भएको हो ।

र्‍यालीको उद्घाटन गर्दै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखरालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

cy5-1710402566.JPG
 

“बाह्रखरी गल्फ एन्ड बियोन्डको सुरुआत यो साइकल र्‍यालीबाट भएको छ । हामी सबै मिलेर पोखरालाई पर्यटकीय राजधानीमात्र नभई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,” प्रधानले भने, “गल्फको माध्यमबाट पर्यटन र नेपालको अर्थतन्त्रलाई अघि बढाउन हामीले यो कार्यक्रममको आयोजना गरेका हौँ । गल्फ खेल्ने वर्गलाई अन्य वर्गसँग जोड्न र सहकार्य गराउन बाह्रखरी लागिपरेको छ ।”

Global Ime bank

र्‍यालीमा आठ वर्षीया बालिकादेखि ८१ वर्षका व्यक्तिसमेत गरी २०० भन्दा धेरै साइकलिस्टको सहभागिता थियो । 

कार्यक्रममा माछापुच्छ्रे आदर्श आमा, नारी कल्याण आमा समूह, नवदृष्टि आमा समूह र सेतिदेवी आमा समूहले र्‍यालीमा सहभागीहरुलाई हिमालयन गल्फ कोर्समा स्वागत गरेका थिए ।

cy9-1710402567.JPG
 

र्‍यालीको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भोजराज कार्कीले कर्पोरेट गल्फको विकासमा बाह्रखरीले उल्लेखनीय भूमिका खेलेको बताए ।

“पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुअघिको पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको साइकल र्‍यालीप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । अन्तर्राष्ट्रिय स्तरको गल्फ आयोजना गरेर बाह्रखरी मिडियाले गल्फलाई अझ प्रमोट गर्न खोजेको छ । पोखरालाई राष्ट्र भित्रमात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित गराउनु पर्छ भन्ने अभिप्रायमा अघि बढिरहेका छौँ । यस साइकल र्‍यालीमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । गल्फका लागि हाम्रो वडामा रहेको गल्फ कोर्स छनोट गरिदिनुभएकोमा बाह्रखरीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

cy4-1710402566.JPG
 

र्‍यालीमा सहभागीमध्येबाट तीन जनालाई गोलाप्रथाबाट आकर्षक पुरस्कार प्रदान गरिएको थियो । जसमा जीवन श्रेष्ठ पहिलो, समीर साह दोस्रो र सुशील गुरुङ तेस्रो भएका थिए ।

र्‍यालीमा सहभागीको अनुभव

अमेरिकाका ५५ वर्षीय ऊर्जा परामर्शदाता डेनियल सल्ज पनि साइकल र्‍यालीमा सहभागी थिए । उनले बीचमा आउने जाने गरे पनि विगत दुई वर्षदेखि नेपालमा रहँदै आएको बताए । 

आफूले युरोप, अमेरिकालगायत विश्वका विभिन्न ठाउँमा घुमेको बताउँदै पोखरा विश्वभरकै उत्कृष्टमध्येमा पर्ने उनको भनाइ छ ।

“मलाई यहाँ साइकल चलाउन निकै रमाइलो लाग्छ,” उनले भने, “म हरेक दिन बिहान उठेर सानो गाउँहरुतिर जान्छु । म पहिले कहिलै नपुगेका बाटो हिँड्छु । खासगरी साइकलका लागि यहाँ रोजेअनुसार नटुङ्गिने बाटो मिल्छ । पोखरामा राम्रो रोड पनि छ र मलाई लाग्छ यहाँ पर्यटन र साइक्लिङको राम्रो भविष्य छ ।”

टर्बाइन ऊर्जाका प्रोफेसनल डेनियलले पोखरामा आर्किटेक्चर फर्म इन्भिजन ब्लुडर्स कम्पनीलाई  परामर्श दिइरहेको बताए ।

kh1-1710403114.JPG
 

उनले आफू एनसेलको प्रयोगकर्ता पनि रहेको स्मरण गराउँदै एनसेलसँगको सहकार्यमा बाह्रखरी मिडियाले गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

उनले पोखरामा घुम्नका लागि निकै धेरै ठाउँ रहेको बताए ।

cy7-1710402566.JPG
 

साइकलले अभ्यास र खेलका रुपमा मात्रै नभएर मानसिक स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने विश्वास साइकल र्‍यालीमा सहभागी मुना केसी ‘मुनाचिया’को छ ।

उनले भनिन्, “बाह्रखरीले आयोजना गरेको यो साइकल र्‍याली मैले सोचेभन्दा निकै ठूलो र राम्रो रहेछ । मलाई एकदमै रमाइलो लागिराछ एक्साइटेड छु ।”

cy8-1710402567.JPG
 

आफू भ्लगर समेत बताउँदै मुनाचियाले भनिन्, “साइकल एकदमै रमाइलो हुन्छ । म लेकसाइड तिर साइकलिङ गर्छु । साइकिलिङ गर्‍यो भने पूराना ट्रमा(दुःखकाकुरा)हरु छन् भने त्यो हिल(निको) हुन्छ भनेर पनि भन्छन् । त्यसैले फुर्सदमा साइक्लिङ गर्नुपर्छ भन्ने लाग्छ ।”

cy2-1710402565.JPG
 

पोखराको पर्यटन प्रवद्र्धन र साइक्लिङबारे उनले भनिन्,“पोखराको पयर्टनमा पनि साइक्लिङको स्कोप छ किनभने यहाँ साइक्लिङ रुटहरु धेरै छन् जो धेरैलाई थाहा छैन । पोखरा टुरिजम हब नै हो । त्यसैले एउटा एक्टिभिटि साइक्लिङ पनि हुनुपर्छ ।”

र्‍यालीमा सहभागी चार कक्षामा पढ्ने ९ वर्षीय आरोही बरालले विगत एक वर्षदेखि साइकल चलाउन थालेको बताइन् । उनले आफै साइकल सिकेको बताइन् ।

jhu-1710403114.JPG
 

८ कक्षामा पढ्ने १३ वर्षीय किशोर सचिन भण्डारी पनि र्‍यालीमा सहभागी थिए । उनले चार कक्षाबाट नै साइकल चलाउन थालेको बताए । 

उनले प्रोफेसनल साइक्लिस्ट बन्ने इच्छासमेत रहेको बताउँदै भने,“सानैमा साइकल सिकिएको । सिक्ने बेला कति लडियो कति । प्रोफेसनल साइक्लिस्ट बनिन्छ भन्ने कुरा थाहा छ ।”

र्‍यालीमा पोखराका उद्यमी, व्यवसायी, विभिन्न क्लबका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu