site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा राष्ट्रपतिको सवारी : घण्टौँसम्म भक्तजन लाइनमै, सडकमा ट्राफिक जाम

काठमाडौं । महाशिवरात्रिमा राष्ट्रपति रामचन्द्र पौडेलको सवारीले भक्तजनहरू घण्टौँसम्म लाइनमै बस्नुपरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार पौडेल साढे चार बजे पशुपति पुगेका थिए । सो क्रममा भक्तजन घण्टौँसम्म लाइनमै बस्नुपरेको हो ।
 
त्यस्तै, पौडेलको सवारीका कारण सडकमा चाबहिल, गौशाला, मित्रपार्क, गौरीघाट सडकमा ट्राफिक जाम भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयकुमार राउतले राष्ट्रपतिको सवारीको बेलामा जाम भएको बताए । 

“राष्ट्रपतिको सवारीका बेला सडकमा जाम भएको थियो । अहिले सामान्य अवस्थामा सवारी आवागमन भइरहेको छ,” उनले भने । उनका अनुसार चाबहिलबाट बसपार्कतर्फ सवारी डाइभर्सन गरिएको छ ।
 
त्यस्तै, चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक सडकबाट आवागमन गराइएको थियो । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार अहिलेसम्म करिब सात लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । भक्तजनहरू लाइनबद्ध तरिकाले पशुपतिनाथको दर्शन गरिरहेको पनि उनले बताए ।
 
राष्ट्रपति पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुँदा आफ्नो सवारी हुने बेलामा सडक खाली नगराउने घोषणा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro