site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको १६ बुँदे निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले गत पुस २५ गते मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गरी १६ बुँदे निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलाई प्रक्रियागत रूपमा कार्यान्वयन गर्न मन्त्रालयले अध्ययन समिति निर्माण गरेको हो । समितिले २१ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको नेतृत्वले गरेको काम कारबाहीका विषय श्रमीकहरूले गुनासो गरेका थिए । पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क वृद्धि, वैदेशिक रोजगारीमा जानेले अनिवार्य रूपमा अंग्रेजी भाषा सिक्नु पर्ने, परीक्षा दिनुपर्ने, मलेसिया जाने कामदारको हकमा तेस्रो पक्ष कम्पनीलाई शुल्क बुझाउने लगायतका विषयमा मन्त्रालयले गरेको निर्णयको विरुद्धमा चौतर्फी आलोचना भएको थियो ।

सोही विषयमा मन्त्रालयसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले १६ बुँदे निर्देशन दिएका थिए । तर, सो निर्देशन हालसम्म कार्यान्वयन भने भएको छैन ।

प्रधानमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्न नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले अध्ययन समिति गठन गरेका हुन् । 

यस्ता थिए १६ बुँदे निर्देशन 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro