site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरेअनुसार, मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको चिहाननजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

न्युयोर्क पोस्टले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेको र आईएल–७६ विमान जंगमा खसेको जनाएको छ । 

सो विमानमा चालक दलका आठ सदस्य र सात यात्रीसहित १५ जना सवार थिए । अझैसम्म यात्रीको परिचय र गन्तव्य स्पष्ट हुन सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको जनाएको छ ।

अनलाइन सञ्चारमाध्यमहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको उल्लेख गरेका छन् । मस्कोको स्थानीय समयानुसार दिउँसो १ बजे एक आईएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानका निम्ति टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले जनाएको छ ।

Global Ime bank

इन्जिनमा आगलागी कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ ।

चालकले आपत्कालीन अवतरणका निम्ति एयरफिल्डमा फर्कने प्रयास गरे पनि सफल नभएको मन्त्रालयले जनाएको छ ।

टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार, बोगोरोड्स्को गाउँबाहिरको चिहाननजिकैको जंगलमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालक दल सक्षम भएको थियो ।

यो यस वर्षको दोस्रो आईएल–७६ दुर्घटना हो । सन् २०२४ जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ यात्री बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रुसी समाचार संस्था तासले जनाएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय