काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरूलाई सरकारबाट बाहिरिँदा निराश नहुन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले पहिले आफूहरू सत्ताबाहिर हुँदा खुसीसाथ छाडेको भन्दै कांग्रेसले रुवाबासी गरेको टिप्पणी गरे ।
“अहिले कुन चुनाव भयो र ? बहुमत ल्याएर सरकार बनाउनुभएको थियो । नेपाली कांग्रेसका मित्रहरू, अहिले यो रुवाबासी ? खै पोहोर साल हामीले रुवाबासी केही पनि गरेनौँ त । खुसीसाथ छोडेका थियौँ । गरिखानुस् भनेका थियौँ । शुभकामना भनेका थियौँ,” ओलीले भने ।
उनले अहिले पनि सत्तापक्ष भएँ भनेर हौसिनुपर्ने र विपक्षी भएकामा निराश हुनुपर्ने कारण नरहेको बताए । निषेधको राजनीतिले एकदलीय एकाधिकारमा पुगिने उनले उल्लेख गरे ।