site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाका चिकित्सक भन्छन्– अस्पतालमा छापा हानेपछि इजरायली सेनाले चरम यातना दिए

काठमाडौं । गाजामा रहेका प्यालेस्टाइनका मेडिकल अधिकारीहरूले आफूहरूलाई इजरायली सेनाले चरम शारीरिक यातना दिएको बताएका छन् ।

गत महिना इजरायली सेनाले गाजाका अस्पतालहरूमा छापा मारेको थियो । त्यस क्रममा इजरायली सेनाले आफूहरूका आँखामा पट्टीले बाँधी थुनेर पटकपटक कुटेको गाजाका मेडिकल अधिकारीहरूको दाबी छ ।

नसल अस्पतालका चिकित्सक अहमद अबु सभाले आफूलाई एक हप्तासम्म थुनिएको बताएका छन् । त्यस अवधिमा आफूलाई निकै यातना दिइएको उनको भनाइ छ । उनले इजरायली सेनाले आफ्नो हात भाँचिदिएको पनि बताएका छन् ।

उनले बताएको विवरण अन्य दुई चिकित्कसँग पनि मिलेको बीबीसीले जनाएको छ । तर, उनीहरूले डरका कारण विवरण नखुलाउन आग्रह गरेका छन् ।

अरू धेरै चिकित्सकले पनि आफूहरूलाई थुनेर इजरायली सेनाले कष्टपूर्ण यातना दिएको बताएका छन् । आफूहरूलाई घण्टौँसम्म असजिलो आसनमा घुँडा टेक्न लगाइएको तथा कुटपिट गरेको उनीहरूको आरोप छ ।

यसबारे बीबीसीले इजरायली सेनासँग बुझेको थियो । तर, इजरायली फौजले सिधा जवाफ नदिएको बीबीसीको रिपोर्टमा उल्लेख छ । यद्यपि, उसले मेडिकल अधिकारीहरूलाई यातना नदिएको दाबी गरेको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro