site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बहानाबाजी गरेर प्रधानमन्त्रीले गठबन्धन भत्काउनुभयो : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कपोकल्पित र आधारहीन आरोप लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको पुनः आरोप लगाएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र जनताले दिएको ‘म्यान्डेट’ लत्याएको आरोप लगाए । उनले यस विषयमा पार्टीको कार्यसम्पादन र संसदीय दलको बैठक बसेर गठबन्धन बदल्ने निर्णय बेइमानी र विश्वासघात भएको निष्कर्ष निकालिसकेको जानकारी दिए ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले संसद्को रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्री प्रचण्डले लगाएको आरोप कपोकल्पित र बहानाबाजीभन्दा केही नभएको जिकिर गरे ।

“उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले सदनमा बोल्दा हाम्रो पार्टीको महासमिति बैठकमा प्रस्तुत भएको धारणा र उल्लेख भएको विषय, कोसीका कुरा आदि इत्यादि उल्लेख गर्नुभयो । म एभरेज उपलब्धिमा सन्तुष्ट छैन, माथि उपलब्धि हासिल गर्न चाहन्थेँ भन्नुभएको छ, यसमा पनि आधार छैन । बहानाबाजी थियो,” उनले भने ।

डा. महतले निर्वाचनपश्चात् तीनपटक गठबन्धन बदल्ने काम प्रचण्डबाट भएको उल्लेख गरे । पार्टीको महासमिति बैठकबाट निर्णय नै गरेर गठबन्धन बलियो बनाउने भनिएको उनले बताए । तर, प्रचण्डले आरोप लगाएर गठबन्धन भत्काएको उनको भनाइ छ ।

“हाम्रो महासमिति बैठकको निर्णय गठबन्धनलाई सुदृढ गरेर अघि बढाउने निर्णय थियो, कसले के बोले भन्ने महत्त्वपूर्ण कुरा हैन । यो गठबन्धनलाई निरन्तता दिने र मजबुद गर्ने निर्णय भएको थियो । तर, उहाँले बहानाबाजी बनाएर जानुभयो,” उनले थपे ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro