site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१, पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको हो । दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोही मोटरसाइकलकको ठक्करबाट ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro