site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएनजीविरुद्ध नेपालको सहज जित, भुर्तेलको अलराउन्डर प्रदर्शन

काठमाडौं । कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित नेपालले हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ८५ रनको सहज जित निकालेको छ ।

मंगलबार हङकङको मिसन रोड मैदान मोङकोकमा भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

पीएनजीका हिरी हिरीले २८ रन बनाए । ओपनर सेसे बाउले २१ र टोनी उराले १३ रन थपे । नोसाइना पोकानाले १२ रन जोडे ।

Dabur Nepal
NIC Asia

नेपालबाट अलराउन्डर प्रदर्शन गरेका कुशल भुर्तेलले चार विकेट लिए । घातक बलिङ गरेका भुर्तेलले चार ओभरमा १२ रन मात्र खर्चिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो । उनले यसअघि ३५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा तीन विकेट मात्र लिएका थिए । पीएनजीविरुद्ध पहिलो इनिङमा भुर्तेलले नेपालबाट अर्धशतक बनाएका थिए ।

यस्तै, प्रतिश जिसीले दुई र आकाश चन्दले एक विकेट लिए ।

त्यसअघि, दुई ब्याटरले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

नेपालका ओपनर भुर्तेलले ३९ बलमा समान चार चौका र छक्कासहित ५९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो आठौँ अर्धशतक हो ।

सन्दीप जोराले २६ बलमा तीन चौका र चार छक्कासहित ५६ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो दोस्रो अर्धशतक हो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा सन्दीपको यो व्यक्तिगत उच्च स्कोर समेत हो । उनले यसअघि सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ५३ रन बनाएका थिए ।

ओपनर भुर्तेलले पहिलो विकेटका निम्ति अर्का ओपनर विनोद भण्डारीसँग ७.३ ओभरमा ६४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । विनोदले २२ बलमा दुई चौका र एक छक्कासहित २७ रन थपे ।

अविजित रहेका गुल्सन झा र विवेक यादवले १५ र १९ रन बनाए । लोकेश बलले १४ रन जोडे ।

पीएनजीका असद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए ।

शृंखलमा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो । पीएनजीको यो पहिलो खेल हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro