site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दुई आत्मघाती गोल उपहार पाउँदा शीर्ष स्थानमा रियाललाई सात अंकको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई आत्मघाती गोल उपहार पाएपछि सेल्टा भिगोविरुद्ध ४–० को सहज जित निकाल्दै रियाल मड्रिडले स्पेनिस ला लिगामा सात अंकको अग्रता बनाएको छ । 

आइतबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा रियालका लागि भिनिसियस जुनियर र अर्डा गुलरले गोल गरे । रियालले दुई गोल भने सेल्टा भिगोबाट आत्मघाती पाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

२१औँ मिनेटमा भिनिसियसले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको रियालले दोस्रो हाफमा तीन गोल थप्यो । ७९औँ मिनेटमा सेल्टा भिगोका भिसेन्टे गुइएटाबाट आत्मघाती गोल भएपछि रियालले अग्रता दोब्बर बनाएको थियो । 

८८औँ मिनेटमा पनि पाहुना टिमका कार्लोस डोमिगुएजबाट आत्मघाती गोल पाएपछि रियालले अग्रतालाई ३–० मा पुर्यायो । इन्जुरी समयमा गुलरले गोल गरेपछि घरेलु टिमले ४–० को जितसहित शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको हो ।

Global Ime bank

शीर्ष स्थानको रियालले २८ खेल खेल्दा ६९ अंक जोडेको छ । समान खेलबाट ६२ अंकसहित जिरुना दोस्रो स्थानमा छ । चिरप्रतिद्वन्दी बार्सिलोना भने २८ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement