site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढ्दै तापक्रम, ‘वर्षाको सम्भावना छैन’
फाइल तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । नेपालमा केही दिनयता तापक्रम बढ्दै गएको छ । हिउँदयाम सकिएर प्रिमनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको हो ।

अब देशभरको तापक्रम क्रमशः बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हिउँदयाम सकियो, प्रिमनसुन सुरु भइसक्यो । अब क्रमिक रूपमा तापक्रम बढ्दै जाने हुन्छ,” महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बाह्रखरीसित भने ।

कुनै नयाँ मौसमी प्रणाली भित्रिएर लगातार वर्षा भएको अवस्थामा तापक्रममा केही गिरावट आउन सक्ने भए पनि तत्काल त्यस्तो सम्भावना नरहेको उनले प्रस्ट पारे । “तत्काल नयाँ प्रणाली भित्रने सम्भावना छैन । वर्षा हुने देखिँदैन,” उनले भने, “त्यसैले तापक्रम घट्ने अवस्था देखिँदैन ।”

KFC Island Ad
NIC Asia

शनिबार (हिजो)को तुलनामा आइतबार दिपायलको अधिकतम तापक्रम सामान्य कम छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसममा थोरै बदलीका कारण केही स्थानमा त्यस्तो भएको उनको भनाइ छ ।

“सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले त्यस्तो भएको हो,” उनले भने, “तर, त्यो प्रणाली वर्षा गराउने खालको छैन । कमजोर छ । गण्डकी प्रदेशसम्म आएर टुंगिन्छ ।”

Royal Enfield Island Ad

नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको उनले जानकारी दिए ।

महाशाखाले आइतबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये जनकपुरको अधिकतम तापक्रम सबैभन्दा बढी ३१.८ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार जनकपुरको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस थियो ।

यस दिन दिपायलको अधिकतम तापक्रम २८.६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार दिपायलको तापक्रम २९ डिग्री सेल्सियस थियो ।

आइतबार काठमाडौंको अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम २५.५ डिग्री सेल्सियस थियो ।

२० स्थानमध्ये जनकपुरपछि आइतबार धरानको अधिकतम तापक्रम ३०.३ डिग्री सेल्सियस मापन गरिएको छ । विराटनगरको अधिकतम तापक्रम २९.३, भैरहवाको २९.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आइतबारको तापक्रमको विवरण–

t1-1710077396.jpg
शनिबारको तापक्रमको विवरण–

t2-1710077455.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro