site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस–२०२४ का अवसरमा ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहकलाई ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

यो कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका निम्ति योगदान गर्नेछ ।

नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न अहम् भूमिका खेल्ने बैंकको विश्वास छ ।

हाल सिद्धार्थ बैंकले देशभर पाँच एक्सटेन्सन काउन्टरसहित १९६ शाखा कार्यालय, ७३ शाखारहित बैंकिङ सेवा र २२६ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro