site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : गगन थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए । उनले केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको दाबी गरे ।

"हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला । एउटा कुरा मलाई खुसी लागेको छ । यो चुनाव भन्दाअघि पार्टीहरू मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरू मिल्ने नै होइन, नेताहरू मिल्ने हो । नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाब किताब हुन्छ," थापाले भने ।

Global Ime bank

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय