site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ अर्थमन्त्रीप्रति सकारात्मक लगानीकर्ता, आइतबार २२ अंकले बढ्यो नेप्से
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार २२.१० अंक बढेर बन्द भएको छ । नयाँ अर्थमन्त्री आएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । लामो समयसम्म लगातार घटेको बजार अहिले समालिँदै उकालो लाग्न थालेको छ । पछिल्ला तीन कारोबार दिनमा बजार लगातार उकालो यात्रामा देखिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले पनि बजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । त्यसले पनि लगानीर्तामा उत्साह देखिएको छ । उनले धितोपत्र बजारमा ढुक्क भएका लगानी गर्न आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज नेप्से परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ विन्दुमा बन्द भएको छ । यसदिन दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बढेको बजारमा चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।

Global Ime bank

सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यो कम्पनीको २२ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये हाइड्रोपावर समूहको ०.११ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइक्रोफाइनान्स समूह छ । यो समूहको परिसूचक ४.२१ प्रतिशतले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement