अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकमा १४ महिनाका निम्ति आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, पछिल्लो सात महिनामा विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बढेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो ।
अमेरिकी डलरमा माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १८.६ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनाको आयातलाई आधार मान्दा यो विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १५:१६
प्रतिक्रिया दिनुहोस्