site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल हङकङसित ७३ रनले पराजित
तस्बिर : क्यान ।

काठमाडौं । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसित ७३ रनले पराजित भएको छ ।

शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो ।

नेपालको पारीमा विनोद भण्डारीले सर्वाधिक ४२ रन जोडे । आरिफ शेखले ३८, कप्तान रोहित पौडेलले ३० रन बनाए । अरू कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हङकङका ऐजाज खानले चार, इसान खानले तीन र एटीक इक्बाल र नर्सुल्ला रानाले समान एक विकेट लिए ।

हङकङको जितमा बाबर हायातले विस्फोटक पारी खेले । ४९ बलमा १३ छक्का र तीन चौकाको मद्दतमा उनले ११० रनको योगदान गरे । अन्सी राथले ३९, मार्टिन कोट्जेले ३१, अयाज खानले अविजित २१ रन जोडे । 

राष्ट्रिय टोलीबाट यही खेलमार्फत ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका नेपालका आकाश चन्दले तीन र आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्न बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक ट्वान्टी–२० शृंखला सुरु हुँदै छ । नेपालले त्यसअघि हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro