साहित्य
अब मसँग के राख्यौ बाँकी लिन, माफ गर
मात्र आफैँलाई दान गर्न सकिनँ, माफ गर ।
फूल माग्दा उपहारमा मुटु दिएको हुँ मैले
खास म रित्तिएको हुँ तिमी भरिन, माफ गर ।
छ न त थिए नि मेरा आँखामा सुन्दर सपना
कहिल्यै सपनाको जिन्दगी देखिनँ, माफ गर ।
अहो ! सम्झिन नपर्ने कुरा धेरै सम्झेको रहेछु
हो, नपरे हुन्थ्यो तिमीलाई सम्झिन, माफ गर ।
पानीको फोकाजस्तै बनाएर मेरो जिन्दगी
पिट्ट फुटाउन खोज्यौ तर फुटिनँ, माफ गर ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० ०७:०२
प्रतिक्रिया दिनुहोस्