site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलिका शिवहरू
Sarbottam CementSarbottam Cement

सुरेश जोशी


समुद्र मन्थनबाट निस्केको 
कालकुट विष सेवन गरी 
लोककल्याण हेतु
चुपचाप कैलाशतिर
गुमनाम भएका शिव
जसले नामका खातिर 
केही गरेनन् 
उनका अगाडि 
नाम होइन, काम थियो 
स्वार्थ होइन, 
लोककल्याण थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, तिनै शिवलाई 
चक्मा दिँदै
कलिका शिवहरू
बदनामको जोखिम मोल्दै
गुमनाम हुन चाहँदैनन् 

उनका कृत्यले 
लोककल्याण होला नहोला,
बाल मतलब छैन
केवल नामका खातिर नामको अर्थ 
छैन रे !
त्यही भएर त होला,
बदनामै भएर पनि 
गुमनाम हुन चाहँदैनन् 
कलिका शिवहरू ।
(डडेलधुरा)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement