site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलले सुरु गर्‍यो पाठेघरको क्यान्सरबारे राष्ट्रव्यापी सचेतना अभियान
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ ।

एनसेलले अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभाग (डीएफएटी)को सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालको सहकार्यमा बिहीबार अभियान सुरु गरेको हो ।

अभियान लागु हुने जिल्लामा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्याउने अभियानको उद्देश्य रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्छ ।

सन् २०२२ मा दुई हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो । यसका कारण एक हजार ३१३ जनाले ज्यान गुमाएका थिए ।

Global Ime bank

अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरनेसनल नेपालको समुदायस्तरमा रहेको उपस्थितिको उपयोग गरिन कम्पनीले जनाएको छ ।

मार्च २०२४ देखि सञ्चालन हुने सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई लक्षित गरी विभिन्न क्रियाकलाप सञ्चालन गरिने एनसेलले जनाएको छ ।

यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेसनल नेपालले ५० जना सेवाग्राहीलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउने तीनवटै पक्षको विश्वास छ । यस विषयमा मेरी स्टोप्स इन्टरनेसनल नेपालको पैसा नलाग्ने टोल फ्री नम्बर ११४३ मा सम्पर्क गर्न सकिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement