site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सर्वोत्तम सिमेन्टको आईपीओ ५५ हजार ५२१ जनाले पाए, नौ लाख तीन हजारको हात खाली

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले प्राप्त गरेका छन् । यीमध्ये २६ जनाले थप एक कित्ता सेयर प्राप्त गरेका छन् । ५० कित्ताभन्दा बढी आवेदन दिएका २६ लगानीकर्ताले गोलाप्रथाबाट थप एक कित्ता पाएका हुन् ।

कुल नौ लाख ६० हजार ३०१ जनाबाट पाँच करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका निम्ति आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । तीमध्ये नौ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको थियो । एक हजार ३४२ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

आवेदन स्वीकृत भएका मध्ये नौ लाख तीन हजार ४३८ जनाको हात खाली भएको छ ।

गएको फागुन १३ देखि १६ गतेसम्म कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro