site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नवनियुक्त युवा तथा खेलकुदमन्त्री श्रेष्ठले अस्पतालमै पुगेर प्रीतिलाई भेटे

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अस्पताल पुगेर नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईको स्वास्थ्य अवस्थाबारे बुझेका छन् । 

बुधबारमात्र पद तथा गोपनीयताको शपथ लिएका मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते भएकी प्रीतिलाई बिहीबार बीएन्डबी अस्पतालमै पुगेर भेटेका हुन् । 

Dabur Nepal
NIC Asia

“भर्खरै सम्पन्न वाफ महिला च्याम्पियनसिपमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नुभएको नेपाली महिला फुटबल टिमको प्रीति राई सग भर्खरै बीएन्डबी हस्पिटलमा भेट भयो । उहाँको चिकित्सकसग प्रीतिको स्वस्थ्य अवस्था बुझ्नुको साथै उनको स्वस्थ्य लाभको कामना गरे,” मन्त्री श्रेष्ठले बाह्रखरीसँग भने, “म प्रीतिमार्फत सम्पूर्ण नेपाली खेलाडीहरूको उच्च सम्मान गर्न चाहन्छु । मेरो कार्यकालमा तपाईंहरूले नेपालको नाम अझै उच्च राख्ने गरी काम गर्ने प्रतिज्ञा गर्छु ।”

प्रीतिले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन् । उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो ।

सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सफल शल्यक्रिया गरेको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जनाएको थियो । 

एन्फाले स्रोतले भने प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताएको छ ।

एन्फाका महासचिव किरण राईसँगै मन्त्री श्रेष्ठ ग्वार्कोस्थित अस्पताल पुगेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro