site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले गरेको बेइमानीको ढाकछोप हुँदैन, सरकार धेरै टिक्दैन : गगन थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनले भनाइ छ । उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए । उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"निर्वाचन अगाडि गठबन्धन गर्नु हुँदैन थियो तर गर्‍यौँ । गठबन्धन गरिसके पछाडि यो गठबन्धनभित्र आबद्ध भएका प्रत्येक दलका सांसदहरू चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिह्नमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकूलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन," उनले भने ।

उनले नेपाली कांग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय