site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामीले नोटिसमा राखेका छौँ, गठबन्धनले पर्सी नै राप्रपा खोज्ने दिन नआओस् : राजेन्द्र लिङ्देन 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान सत्ता गठबन्धनले पार्टीलाई नलिएको भन्दै गरेको उत्साह नोटिसमा राखिएको बताएको छ । आफू वर्तमान सत्ताको चलखेलमा सहभागी नभएको भनेर स्पष्ट भन्दा पनि पार्टीविरुद्ध कुप्रचार भएको उसको आरोप छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा वर्तमान सरकार र गठबन्धनमा सहभागी हुने कतिपयमा भ्रम भएको र कुप्रचार भएको उनले बताए । “कतिपय साथीहरूले बढो उत्साहका साथ राप्रपालाई नलिने भएका छौँ भन्नुभयो, यसलाई पार्टीले नोटिसमा राखेको छ,” उनले भने, “यो सत्ता केन्द्रित चलेखेलमा सामेल छैन र हुने छैन भनेर हामीले प्रस्ट भनेपछि जुन विषय आयो सहभागी हुन खोजेको तर पाएन भन्ने कुरा भ्रम हो ।” 

तर, राप्रपालाई सहभागी नगराएको भनेर जसरी उत्साहित भएर प्रचार भयो भन्दै उनले भने, “तपाईंको गठबन्धनले पर्सी नै राप्रपा खोज्ने दिन नआओस् । त्यो हामीले नोटिस राखेका छौँ ।” 

उनले वर्तमान राजनीतिक व्यवस्था नै दोषी भएको जिकिर गरे । “यो व्यवस्था परिवर्तन गर्न जरुरी छ । नयाँ राष्ट्र सहमति गर्न आवश्यक छ । नयाँ समझदारी जरुरी छ त्यसले मात्र देशलाई अघि लैजान सक्छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro