site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

काठमाडौं । मधेस प्रदेशसभा बैठक बुधबार सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभामा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

Argakhachi Cement Island Ad

जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकामा आपत्ति जनाएका थिए । उनले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध  जारी राख्ने बताए ।

यसअघि प्रदेशसभा सञ्चालनका लागि सभामुख मण्डलले आज तीन घण्टा छलफल गरेका थिए । तर छलफलबाट सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा सञ्चालन भएको थियो । राससको सहयोगमा

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्