site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१५ महिना हुन लागेको छ, तीनपटक गठबन्धन फेरियो : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पाँच वर्षमा १३ पटक गठबन्धन फेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १३ चोटि नै प्रधानमन्त्री बन्ने दाउमा रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तीनपटक गठबन्धन फेरिसकेको उल्लेख गरे । यही ‘स्पीड’मा गए १३ पटक गठबन्धन फेरबदल हुने देखिएको र त्यसमा प्रचण्डले नेतृत्व लिने उनको भनाइ छ ।

“१५ महिना हुन लागेको छ, तीनपटक गठबन्धन फेरिएको छ । यही स्पीडमा प्रम जाने हो भने १३ पटक गठबन्धन फेरिनेवाला छ,” उनले भने, “पाँच वर्षमा १२ पटकमा गठबन्धन फेर्ने, आफू १२ पटक भइरहने ? जतिसुकै इमानदार कदम हो ? जतिसुकै देशभक्ति हो भन्दा नेपाली जनता पत्याउँछ ? पत्याउँदैन नि ।”

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro