site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको जवाफ– संसद्प्रति उत्तरदायी भएन भन्ने विषय न्यायपूर्ण भएन 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्ने विषय न्यायपूर्ण नभएको जवाफ दिएका छन् ।

यही फागुन ६ देखि १८ गतेसम्म सांसदहरूले गरेका प्रश्नको बिहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले सरकार संसद्प्रति उत्तदायी भएको बताए ।

“फागुन ६ गते देखि १८ गतेसम्म सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएको र सभामुखबाट पनि रुलिङ भएको थियो । मन्त्रीहरूका विषयमा उठाएका प्रश्नहरू सम्बोधन भइसकेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकार संसद्प्रति उत्तरदायी छैन भन्ने आरोप अस्वीकार गर्न चाहन्छु । ‘प्रधानमन्त्रीसँग सांसद’ अभ्यास सम्मानित सदनमा पहिलोपटक हो । बेवास्ता गरेको आरोप न्यायपूर्ण हुँदैन । मैले औपचारिकता मात्र पूरा गरेको छैन, अपितु विस्तृत जवाफ दिने गरेको छु ।”

उनले संसद्का दुवै सदन र समितिहरूमा नियमित सरकारको उपस्थिति रहिआएको र रहिरहने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu