site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतलाई हराउनैपर्ने दबाबमा नेपाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपमा आज भारतविरुद्ध मैदानमा उत्रँदा फाइनल प्रवेशका निम्ति नेपाल जित्नैपर्ने दबाबमा छ ।

नेपालले यसअघिका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपालले उपाधिका लागि बंगलादेशको भिडन्त निश्चित गर्नेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ३–० ले हराएको थियो ।

भारत पनि आज नेपाललाई हराउँदै फाइनलमा पुग्ने दाउमा छ । भारतले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सिंगल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टिमको सहभागिता छ । शीर्ष दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro