site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ अर्थमन्त्रीले सेयर लगानीकर्तामा देखाएको आशा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने बताएका छन् । उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने गरी अभिव्यक्ति दिएका हुन् ।

बुधबार साँझ कार्यभार समाल्दै मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने बताए ।

Barshmaan-1709748957.jpg
 

Prabhu Bank
Agni Group
NIC Asia

पद बहालीलगत्तै कर्मचारीहरूसँगको ब्रिफिङमा उनले भने, “सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ । सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । किनभने त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू/सेयर होल्डरहरू रहेको अवस्था छ । यो नयाँ सेक्टर हो । यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो ।”

त्यस्तै, घर जग्गातिर केही सुधार भएको भए पनि अझै चलायमान नभएको उनको भनाइ छ ।

Global Ime bank

यसअघि पनि आफू अर्थमन्त्री हुँदा सहकारी र घर जग्गामा कडाइ गरेर सुधार गरेको पनि उनले बताए ।

“१२ वर्षअघि पहिलोपटक अर्थमन्त्री हुँदा अर्थतन्त्रमा समस्या थियो । त्यो समयमा अर्थतन्त्रलाई जोगाएका थियौँ । अहिले पनि अर्थतन्त्र सहज अवस्थामा छैन,” उनले भने ।

तर, असहज अवस्थालाई सहज अवस्थामा ल्याउन आफू आएको उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएका काम गर्ने उनको भनाइ छ ।  

अहिले जनताको अपेक्षा धेरै ठूलो भएको पनि उनले बताए । आफ्नो कार्यकालमा अर्थतन्त्रलाई नयाँ दिशा दिनुपर्ने पनि बताए ।

Barshaman-1709747931.jpg

“आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्नेछ । अर्थ मन्त्रालयको पनि मन्त्रालय पनि भनिन्छ । यो मुहान हो । मुहान सफा भयो भने तल सफा हुन्छ । हामी सेवाग्राहीमैत्री हुनुपर्छ,” उनले भने, “कुनै बेला तरलता थिएन, अहिले सहज छ । हामीले फजुल खर्चलाई नियन्त्रण गर्नुपर्छ । हामीले जनताको आशा जगाउनुपर्ने छ । यो सरकारले काम गर्छ भन्ने बनाउनुछ । हामीले व्यवस्था परिवर्तन गर्‍यौँ, अब हामीले अवस्था परिवर्तन गर्नुछ ।”

अर्थमन्त्री पुनले आफूले काम गर्ने वातावरण मिलाउने पनि बताए । तर, रिजल्ट दिनुपर्ने उनको भनाइ छ ।

भिडियो

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !